Sajhamanch Archive

लायन्स क्लब अफ शिवसताक्षीको अध्यक्षमा पुनः संग्रौला

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । लायन्स क्लब आफ शिवसताक्षीको अध्यक्षमा पुन राजकुमार संग्रौला चयन भएका छन् । संंग्रौलालाई लाइन्सको क्लकको वर्ष २०२३÷०२४ को अध्यक्षमा पुनः अध्यक्षमा चयन गरेको हो ।

आज बसेको कार्यसमिति बैठकले आगामी कार्यकालका लागि राजकुमार संगौलालाई नै सर्व सम्मत अध्यक्ष बनाउने निर्णय गरेको हो । त्यस्तै बैठकले फष्ट भिपीमा डिल्लीरमण खतिवडा, सेकेण्ड भिपीमा दुर्गा प्रसाद भट्टराई, थर्ड भिपीमा गंगाधर तिम्सिना, सेक्रेटरीमा मदन बास्तोला, र टे«जररमा गणेश घिमिरेलाई बैठकले चयन गरेको थर्ड भिपी गंगाधार तिम्सिनाले जानकारी दिए ।

बैठकले सिफरिस गरेको नामावली साधारण सभामा लगेर अनुमोदन गरिने बताइएको छ। बैठकले लायन्स क्लबमा नयाँ सदस्य समेत थप्ने निर्णय गरेको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *