Sajhamanch Archive

पाँचथरका बाढी पिडीतका नाममा सिम्रिक साकोसले दियो ५११०० रुपैयाँ

Published: in लोकप्रिय, समाज, सहकारी by .

फिदिम । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले पाँचथरका बाढी पिडीतहरुको राहतका लागि आधा लाख रुपैयाँभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ ।

केही दिनअघि पाँचथर जिल्लाभर नै अविरल वर्षाका कारण आएको बाढीले सयौं घर परिवार विस्थापित भएका थिए । उक्त घटनामा केही मानिसहरु अझै बेपत्ता छन् । बाढी पहिरोबाट पिडीत पाँचथरबासीको सहयोगमा सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व बहन गर्दै आज ५१ हजार १०० रुपैयाँको चेक प्रदान गरिएको हो ।

पाँचथर उद्योग वाणिज्य संघले स्थापना गरेको राहत तथा उद्दार कोषमा जम्मा हुनेगरी संघका अध्यक्ष नवराज घिमिरे र महासचिव उमानाथ अधिकारीलाई संघको कार्यालयमा गएर उक्त राहत सहयोग हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । साकोसको फिदिम सेवाकेन्द्र सञ्चालन समितिका सदस्य मिलन गिरी, बलराम मैनाली र फिदिम सेवा केन्द्रका प्रमुख सुरज मैनालीले ५१ हजार ,१०० रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

सदस्य र समुदायको सुखमा पनि सिम्रिक, दुःखमा पनि सिम्रिक भन्ने थिममा आधारित रहेर संस्थाले आफ्ना सदस्य परिवारको हरेक समयमा अभिभावकत्व प्रदान गरिरहेको छ । सिङ्गो समुदाय नै बाढीको चपेटामा परेको समयमा संस्थाको आर्थिक सहयोगले उनीहरुमा थोरै भए पनि राहत पुग्ने अपेक्षा गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *