Sajhamanch Archive

इलाममा आगलागी आठ वटा घर जलेर नष्ट

Published: in लोकप्रिय, विविधा, समाज by .

इलाम । इलामको माङ्सेबुङ–५ बाह्रलाखेमा आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएका छन् । गएराति २ बजे स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागीबाट त्यस आसपासमा रहेका ८ वटा घर पनि जलेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।

उनका अनुसार आगलागीबाट ५३ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको अनुमान गरिएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बिहान ५ बजे आगो नियन्त्रणमा आएको उनले जानकारी दिए । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *