Sajhamanch Archive

ने क पा सचिवालय बैठकका लागि एक दर्जन एजेन्डा

Published: in राजनीति by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

सचिवालय बैठकमा पार्टी एकीकरण, जनसंगठनहरुको एकीकरण, सरकार र संसदका कामको समीक्षालगायतका एक दर्जन एजेन्डा प्रस्तावित छन् ।

आजको बैठकमा पोलिटब्यूरो, केन्द्रीय विभाग र केन्द्रीय निकायको गठन लगायतका करिब एक दर्जन एजेन्डामाथि छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।

आइतबार र सोमबार बसेको सचिवालय बैठकले सांसद रामवीर मानन्धरले दिएको राजीनामा अस्वीकृत गरेको छ । वरिष्ठ नेता माधव कुमार नेपालले सचिवालयको निर्णयमा राखेको असहमतिपत्रको एजेन्डामा निर्णय गरेको थियो ।

यता बरिष्ठ नेता नेपाल र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबारको बैठकमा नोट अफ डिसेन्ट लेखेका छन् । दुवै नेताले राखेको असहमतिबारे स्थायी समितिको बैठकमा छलफल गर्ने पार्टी नेतृत्वले तयारी गरेको पनि बुझिएको छ ।

ने क पाको स्थायी समिति बैठक यही कात्तिक १२ र १३ गते बस्ने तालिका सार्वजनिक गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *