Sajhamanch Archive

कमल गाउँपालिकामा पनि असार १६ गते रोजगार मेला

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकाको केर्खामा असार १६ गते वृत्ति परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ । दमकमा यस्तो मेला सम्पन्न भएको एक साता नपुग्दै कमलमा पनि सञ्चालन गर्ने तयारी भएको हो ।

नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको खोजीमा रहेका युवायुवतीहरुबीच समन्वयकारी भुमिका निर्वाह गर्न मद्धत पुरयाउने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत कमल गाउँपालिकाले उद्योग वाणिज्य संघसँगको सहकार्यमा मेला आयोजना गरिएको जानकारी दिएको हो ।

रोजगारको खोजीमा रहेका र प्राविधिक धारको विषय पढ्न चाहने विद्यार्थीहरुलाई राज्यका तर्फबाट उपलब्ध हुने सेवा सुविधा लगायतका बिषयहरुको बारेमा मेलामा जानकारी गराइने पत्रकार सम्मेलनमा बताइयो ।

हेल्भेटास नेपालको प्राविधिक सहयोगमा असार १६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म केर्खा खेल मैदानमा मेला सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा गाउँपालिकाको रोजगार शाखा, कमलमा सञ्चालित प्राविधिक शिक्षालयहरु, कमलका उद्यमी व्यवसायीहरुले उत्पादन गरेका बस्तुहरु लगायतको स्टल रहने जनाइएको छ ।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले पहिलोपटक पालिकाले यस किसिमको मेला आयोजना गरेकाले यसको विशिष्ट महत्व रहने भएको जनाउँदै गाउँबासीलाई मेलामा सहभागी भएर आवश्यक जानकारी लिन आह्वान गरेका थिए ।

यस्तै, गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले रोजगारका अवसरहरुको बारेमा सुसूचित गराउने मुख्य लक्ष्यसहित स्थानीय उत्पादनहरुको बजारीकरण र प्रवर्धनका लागि मेला सहयोगी बन्ने विश्वास व्यक्त गरिन् ।

हेल्भेटास नेपालका रामअवतार यादवले सीप सिक्न चाहने र आत्मनिर्भर बनाउने काममा मेला सहयोगी बन्ने अपेक्षा सुनाए । सो मेलाको उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालले गर्ने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *