Sajhamanch Archive

सेन्ट जेभियर्समा जीवन विज्ञान कार्यक्रम

Published: in लोकप्रिय, शिक्षा, समाज by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित देउनियामा रहेको सेन्ट जेभियर्स स्कूलमा विद्यार्थी लक्षित एक दिने जीवन विज्ञान कार्यक्रम सम्पन्न गरिएको छ ।

विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्यययनरत छात्र छात्रालाई पूर्वीय हिन्दू दर्शनमा आधारित रहेर जीवन जिउने कला सिकाइएको हो ।

जीवन विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नव प्रतिभा नाम दिएर सञ्चालित कार्यक्रममा सुमना दाहाल, पुष्पा पोखरेल, हरिकिशोर आचार्य, लक्ष्मण न्यौपानेले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण शिक्षक शालिकराम दाहालले र विद्यालयका प्रिन्सिपलले धन्यवाद प्रकट गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *