Sajhamanch Archive

प्रथम कोशी प्रदेश ब्याडमिन्टन : मेन्स सिंगलमा विनय र नवीन फाइनलमा प्रवेश

Published: in खेलकुद, प्रदेश तह, मिडियाबाट साभार, लोकप्रिय by .

मोरङ । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा विनय चौधरी र नवीन सिलवाल फाइनलमा प्रवेश गरेका छन्।विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भएको शुक्रबारको खेलमा मेन्स सिंगलतर्फ उदयपुरका विनय चौधरी र झापाका नवीन सिलवाल विजयी हुँदै फाइनलमा पुगेका छन्।

मेन्स डबल्सतर्फ उदयपुरका विनय चौधरी र हिमाल श्रेष्ठको जोडी तथा झापाका प्रकाश राई र नवीन सिलवालको जोडी फाइनलमा पुगेका छन्।मास्टर डबल्स ४५ वर्षमाथितर्फ श्याम लामा र राम तामाङको जोडी तथा विराटनगरका जीवन बोगटी र शिखर श्रेष्ठको जोडी फाइनलमा पुगे। मास्टर डबल्स ६० वर्षमाथितर्फ विराटनगर ब्याडमिन्टन क्लब किरणसिंह बस्नेत र मनोज लाखेको जोडी तथा विराटनगर ब्याडमिन्टन क्लबका केशव कार्की र श्याम लामाको जोडी फाइनलमा पुगे।

मेन्स सिंगलतर्फ विनय चौधरीले सुनसरीको रोधन राईलाई २१–१२ र २१–१९ ले हराए भने नवीन सिलवालले विराटनगर ब्याडमिन्टन क्लबका सुप्रिम पन्तलाई २२–२० र २१–१० मा हराउँदै फाइनल पुगे।

मेन्स डबल्सतर्फ विनय चौधरी र हिमाल श्रेष्ठको जोडीले विराटनगर ब्याडमिन्टन क्लबका शशी चौधरी र यशवन्त विक्रम शाहको जोडीलाई २१–११ र २१–१० पराजित भने प्रकाश राई र नवीन सिलवालको जोडीले मन्दीप घले र लाक्पा शेर्पाको जोडीलाई २१–६ र २१–१८ हराउँदै फाइनलमा पुगे।

मेन्स मास्टर डबल्स ४५ वर्ष माथितर्फ सागर फिड्सका श्याम लामा र राम तामाङको जोडीले विराटनगर÷बेलबारीका डिल्लीराम डाँगी र विकास श्रेष्ठको जोडीलाई २६–२४ र २१–८ पराजित गरे भने विराटनगरका जीवन बोगटी र शिखर श्रेष्ठको जोडीले मोरङका यशवन्त विक्रम शाह र धनकुमार श्रेष्ठको जोडीलाई २१–१७ र २१–९ ले पराजित गर्दै फाइनलमा पुगे।

मेन्स मास्टर डबल्स ६० वर्ष माथितर्फ किरणसिंह बस्नेत र मनोज लाखेको जोडीले मणि गुरुङ र देव तामाङको जोडीलाई २२–२० र २१–६ ले पराजित गरे भने केशव कार्की र श्याम लामाले विराटनगरका पुष्पधन शाक्य र रिन्जे गुरुङको जोडीलाई २१–२३, २१–१५ र २१–११ हराउँदै फाइनलमा पुगेका छन्।प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *