Sajhamanch Archive

धनकुटामा बृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सुरु

Published: in स्वास्थ्य by .

धनकुटा  । पहुँच नहुनेहरुका लागि पहुँच भन्ने मुल नाराका साथ धनकुटामा बुधबारदेखि निःशुल्क बृहत्त शल्यक्रिया स्वास्थ्य शिविर २०७५ शुरु भएको छ ।

अलोहामिसन अन्तरगत अमेरिकन ४० जना विशेषज्ञ डाक्टरहरुको टोलीले सेवा दिने गरी धनकुटा अस्पतालमा बृहत्त निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।
कार्तिक १७ गतेसम्म संचालन हुने बृहत्त निःशुल्क स्वास्थ्य शिविरको प्रतिनिधिसभाका सदस्य राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभयो ।निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य राईले निःशुल्क बृहत शल्यक्रिया स्वास्थ्य शिविरबाट स्वास्थ्यको पहँुच भन्दा बाहिर रहेका आम नागरिकले सेवा पाउनु पर्ने बताउनुभयो ।
शिविर गरिब तथा विपन्न परिवारहरुको लागि बरदान सावित हुनु पर्नेमा उहाँले जोड दिनुभयो । गरिब तथा विपन्न परिवारहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा सेवा दिने क्रममा लक्षित समुदायको सहभागितालाई प्राथमिकता दिन प्रतिनिधिसभा सदस्य राईले आयोजकलाई सुझाव दिनुभयो ।
निःशुल्क स्वास्थ्य शिविरमा सामान्यदेखि लिएर जटिल प्रकारका रोगहरुको उपचार गरिने ‘निःशुल्क बृहत्त शल्यक्रिया स्वास्थ्य शिविर २०७५’ सञ्चालन तथा व्यवस्थापन समिति धनकुटाका संयोजक रोशेष श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा शरीरका गाँठागुठी, कोठी, हर्निया, हाइड्रोसिल, मुत्रथैलीको पत्थरी, मेजर पायल्स, कृतिम हात लगाउने, पाठेघर झरेको शल्यक्रिया, पाठेघरमा मासु पलाएको, पित्तथैलीको पत्थरी, दाँत सम्बन्धी सफल उपचार गरिनेछ ।
एक सय ५० जनाभन्दा बढीको मेजर अप्रेशन र ६ सयजना भन्दा बढीको सामान्य अप्रेसन सहितको सेवा दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।अमेरिकी विशेषज्ञ डाक्टरहरुको सहभागितामा बुधबारदेखि शुरु गरिएको शल्यक्रिया शिविरमा एक पटकमा चार जनाको मेजर अप्रेशन गर्ने व्यवस्था गरिएको आयोजक समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न समितिहरु पनि गठन गरिएको छ । निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा धनकुटासहित तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ लगायतका स्थानहरुबाट बिरामीहरु सेवा लिन आएका छन् ।
उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *