Sajhamanch Archive

कचनकवल इस्टुको अध्यक्षमा राजवंशी

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

कचनकवल । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल गाउँपालिका समितिको दोस्रो अधिवेशनले भानुप्रताप राजवंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा चक्रबन्धु अर्याल, सचिव अजित कार्की, सहसचिव घनेन्द्र रिजाल र कोषाध्यक्षमा पुनम सापकोटा सर्वसम्मत चयन भएका छन् ।

३ वर्षे कार्यकालका लागि गठित समितिका सदस्यहरूमा क्रमशः हिमा लामिछाने, मिरा तामाङ, राजन भट्टराई, अर्जुन पोखरेल, सविना तिम्सिना, गंगा कार्की, सुवास लावा र कमला यादव रहेका छन् ।

निर्वतमान अध्यक्ष घनश्याम अर्यालको अध्यक्षता तथा इस्टु कोशी प्रदेश सहसचिव राजु बरालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा कचनकवल ६ का वडाध्यक्ष चिन्तामणि खरेल, शिक्षक युनियन कचनकवल अध्यक्ष भैरव राजवंशी, इस्टु झापाका वरिष्ठ उपाध्यक्ष युवराज दाहाल, कचनकवल माविका संस्थापक प्रिन्सिपल खगेन्द्र पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

उनीहरुले आफ्नो मन्तब्यमा संस्थागत विद्यालयले गुणस्तरीय शिक्षामा दिएको योगदान त्यहाँ कार्यरत शिक्षक कर्मचारीको रगत पसिना भएकाले वर्तमान कानून अनुसार पारिश्रमिक दिन पछि हट्नु नहुने धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *