Sajhamanch Archive

सहकारी अभियन्ता उप्रेती प्रदेश उत्कृष्ट सहकारी व्यक्तित्वबाट सम्मानित, मेची बहुउद्देश्यीय र महिला साकोस इटहरीलाई विधागत सम्मान

Published: (Updated: ) in प्रदेश तह, लोकप्रिय, समाज, सहकारी by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)का अध्यक्ष रामचन्द्र उप्रेती उत्कृष्ट सहकारी व्यक्तित्वका रुपमा सम्मानित भएका छन् ।

कोशी प्रदेशका तीनवटा जिल्लामा कार्यक्षेत्र बिस्तारित सो संस्थामा ३० वर्षदेखि निरन्तर नेतृत्व गरी सहकारी अभियानको प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै उप्रेतीलाई उत्कृष्ट सहकारी सम्मान २०८० प्रदान गरिएको हो ।

उप्रेतीलाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छः तपाईं श्री रामचन्द्र उप्रेतीको नेतृत्वमा २०५० सालदेखि नेपाल बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको नेतृत्व गरी संस्थालाई कोशी प्रदेशकै नमूना बहुब्यवसायहरु (दुग्ध उद्योग, कस्टम हायरिङ सेन्टर, नमूना कृषि फार्म, चिया प्रशोधन उद्योग, सहकारी पसलका अलावा वित्तीय सेवा)– सहितको बहुउद्देश्यीय संस्था सफलतापूर्वक सञ्चालनका अलावा सहकारीका विषयमा कलमसमेत चलाउँदै केही कृतिहरु लेखन तथा प्रकाशन गरी सिङ्गो सहकारी अभियानमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा समेत यस क्षेत्रको शुद्धिकरण र सुदृढीकरणमा विशेष योगदानको अपेक्षाका साथ उत्कृष्ट सहकारी सम्मान २०८० प्रदान गरिएको छ ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाले असार १६ गते, १ जुलाई अर्थात् अन्तर्राष्ट्रिय सहकारी दिवसको दिन बिराटनगरमा आयोजित विशेष समारोहमा उप्रेतीसहितलाई सम्मान प्रदान गरेको हो ।

उक्त अवसरमा दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थालाई वर्ष उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान प्रदान गरिएको थियो ।

मेची बहुउद्देश्यीय सहकारी संस्थालाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छः आर्थिक वर्ष २०७९/०८० मा यस कार्यालयको नियमन क्षेत्रभित्रका विषयगत सहकारी संस्थाहरु मध्ये संस्थागत सूचकांकहरुका आधारमा मूल्याङ्कन हुँदा झापा जिल्ला दमक नगरपालिका वडा नं. ६ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लि. बहुउद्देश्यीय विधातर्फको उत्कृष्ट संस्थाका रुपमा छनोट हुन सफल भएकोमा १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा उत्कृष्ट बहुउद्देश्यीय सहकारी सम्मान २०८० प्रदान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *