Sajhamanch Archive

कोशीमा नयाँ सरकार गठनको आह्वान, प्रदेश प्रमुखले दिए ५ दिन समय

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by .

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् ।

अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *