Sajhamanch Archive

श्री एयरलाइन्सको उडान आजदेखि पुनः नियमित

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by .

काठमाडौं । श्री एयरलाइन्स प्रालिले आजदेखि पुनः नियमित उडान गर्ने भएको छ । आइतबार निर्धारित सबै उडान स्थगित गरेको श्री एयरलाइन्सले आजदेखि पुनः नियमित उडान सुरु गरेको हो ।

आइतबार उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गरिएको थियो । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले आजदेखि नियमित उडान सुरु भएको जानकारी दिए ।

शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं नै फर्काइएको थियो । सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *