Sajhamanch Archive

अमेरिका भ्रमणमा रहेका साहित्यकार विजय खरेलको निधन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य by .

झापा । नेपाली झर्रो साहित्यका धरोहर, नेपाली भाषासेवी, प्रगतिवादी साहित्यकार एवम् अक्षरकृषकका अभिभावक विजय खरेलको अमेरिकामा निधन भएको छ । खरेलको ७७ वर्षका थिए ।

अमेरिकाको स्थानीय समयअनुसार आइतबार बिहान ३ बजे उपचारकै क्रममा खरेलको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पत्नी पार्वतीसहित साहित्यकार खरेल तीन महिना बस्ने गरी एक महिना पहिले छोरा बुहारीसँग भेटघाटका लागि अमेरिका गएका थिए ।

मेचीनगर वडा नं. ६ काँकरभिट्टा निवासी खरेलका छोरा प्रयास र बुहारी अमेरिकाको टेक्सासमा छन् । छोरीहरु जयन्ती खरेल लम्साल र चन्दा खरेल दाहाल मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी हुन् ।

अमेरिका गएको केही समयपछि नै साहित्यकार खरेललाई ज्वरो आउने र पिसाबमा संक्रमण फैलिएपछि पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

साहित्यकार खरेलका उपन्यास, कथा, निबन्ध, हाँस्यव्यंग्य, कविता, एकांकी लगायतका थुप्रै कृति प्रकाशित छन् ।

साझामञ्च डटकम परिवार स्वर्गवासी विजय खरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *