Sajhamanch Archive

सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगर स्थापना

Published: in लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । न्यायिक क्षेत्रमा काम गर्ने लक्ष्य र उद्देश्यकासाथ स्थापना भएको सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरले आज परिचयात्मक एंवम चियापन कार्यक्रम गरेको छ ।

समाजका अध्यक्ष चन्द्रबहादुर घोर्साइको अध्यक्षतामा मेचीनगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मिना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

एक बर्षभन्दा बढी समयदेखि न्यायिक तथा सामाजिक कार्यहरुमा सक्रिय संस्था गत असार १ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएपछि परिचयात्मक कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

न्यायको निमित्त वडाको मेलमिलाप समितिदेखि नगरपालिकाको न्यायिक समितिसम्म सर्वसाधारण जनताको सहज पहुँच पुर्याउने लक्ष्यका साथ सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरको स्थापना गरिएको समाजका सचिव प्रकाश खड्काले जानकारी दिएका छन् ।

समाजले निःशुल्क रुपमा जनताका विभिन्न विषयमा निवेदन लेखिदिने वा सहजीकरण गर्ने, मेचीनगरका १५ वटै वडामा न्यायिक अधिकार र न्याय सम्पादन सम्बन्धि सचेतना कार्यक्रम संचालन गर्ने लक्ष्य लिएको सचिव खड्काले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *