Sajhamanch Archive

लागु औषधसहित दुई युवा काँकरभिट्टामा पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । नेपालमा प्रतिबन्धित लागू औषधसहित दुई जनालाई शुक्रबार प्रहरीले काँकरभिट्टाबाट पक्राउ गरेको छ ।

मेचीनगर—६ का २४ वर्षीय भानुभक्त बस्नेत र दमक नगरपालिका ४ का दीपक तामाङलाई लागू औषध नियन्त्रण व्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मेचीनगरका अलग अलग स्थानबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक महेश थापाले जानकारी दिएका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गर्दा शंका लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा मेचीनगर ६ दुर्गा मन्दिर परिसरबाट पक्राउ परेका बस्नेतका साथबाट २ ग्राम ब्राउन सुगर फेला पारेको थियो ।

यसैगरी तामाङका साथबाट प्रहरीले लुपिजेसिक २२, फेनारगन २२ र डाईजीपाम २२ गरी गरी ६६ एम्पुल इन्जेक्सन फेला पारेको छ ।

थप अनुसन्धानका लागि औषधिसहित दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *