Sajhamanch Archive

‘सबै यहुदीहरुले मर्नुपर्ने’ नारा लगाउँदै पिटर्सबर्गमा अन्धाधुन्ध गोली, ११ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यको पिटर्सबर्ग शहरमा एक जना व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

४६ वर्षीय रोबर्ट बोवर्स नाम गरेका व्यक्तिले अन्धाधुन्ध गोली चलाएको अधिकारीहरुले बताएका छन् ।

यहुदीहरुको पूजास्थल ट्री अफ लाइफ सिनगानमा एउटा राइफल र दुई पेस्तोलसहित प्रवेश गरेका उनले गोली प्रहार गरेका हुन् ।

पूजास्थलमा प्रार्थना चलिरहेका बेला गोली प्रहार भएको हो । गोली चलाउँदा उनले ‘सबै यहुदीहरुले मर्नुपर्ने’ नारा लगाएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको छ ।

गोली चलाउने व्यक्तिलाई पनि घाइते अवस्थामा नियन्त्रणमा लिइएको र उपचार भइरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई भयानक हमला भएको टिप्पणी गरेका छन् । उनले पछिल्ला केही वर्ष यता पटकपटक हुने यस्ता घटनाले लज्जित तुल्याएको समेत बताएका छन् ।

उनले हमला गर्नेलाई पागलको संज्ञा दिँदै कानुनलाई अझ सशक्त बनाउन सुझाव दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *