Sajhamanch Archive

ज्वरो र छातिमा समस्या देखिएका पूर्वमुख्यमन्त्रीको निधन

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

नयाँदिल्ली । भारतको नयाँदिल्लीका पूर्व मुख्यमन्त्री मदनलाल खुरानाको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।

किर्ती नगरस्थित आफ्नै निवासमा खुरानाको निधन भएको परिवारिक स्रोतले जनाएको छ । “उहाँलाई केही दिनदेखि छातीमा समस्या देखिएको थियो, र ज्वरोले पनि असर गरेको थियो ।”

चार पटक सांसद बनेका खुराना भारतीय जनता पार्टीका नेता थिए । उनी सन् १९९३ देखि १९९६ सम्म नयाँदिल्लीको मुख्यमन्त्री बनेका थिए । त्यसैगरी सन् २००४ मा छोटो समयका लागि उनी राजस्थानको राज्यपाल थिए ।

उनको निधन भएकोप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *