नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्स्थापना दिवस मनाउने
Published: (Updated: )
by .काठमाण्डौं। नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ८ गते पार्टी पुनर्स्थापना दिवस भव्यरुपमा मनाउने भएको छ । १० वर्षे जनयुद्धको मर्मलाई मर्न नदिन तत्कालीन एमाओवादीलाई खबरदारी गर्दै नेता विप्लव र प्रकाण्डको पहलमा किरणको नेतृत्वमा नेकपा –माओवादी पुनर्गठन भएको थियो ।
अहिलेको देशको अवस्था हेर्दा एकीकृत जनक्रान्तिबिना समस्याको समाधान हुन सक्दैन भन्ने निष्कर्ष चौतर्फीरुपमा निस्कन थालेको छ । यस्तो अवस्थामा देशी, विदेशी प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई चिर्न र एकीकृत जनक्रान्तिको कार्यदिशालाई घनिभूतरुपमा अगाडि बढाउन नेकपाले पार्टी पुनस्र्थापना दिवसको अवसर पारेर विशाल जनसभा आयोजना गर्न लागेको छ । सो जनसभालाई नेकपाका शीर्षस्थ नेताहरूले सम्बोधन गर्ने बुझिएको छ ।
यसैक्रममा नेकपाले जनसभामा सहभागी हुन आमजनतालाई आह्वान गर्दै एक पोष्टर समेत सार्बजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिले हालै जारी गरेको पोष्टरमा सम्पूर्ण कम्युनिष्ट वामपन्थी देशभक्त र लोकतान्त्रिक शक्तिलाई एक जुट हुन् अनुरोध गर्दै बैज्ञानिक समाजवादका लागि संघर्ष गर्न आह्वान समेत गरेको छ । साथै पोस्टरमा ‘मंसिर ८ गते काठमाडौँ जाउँ, जानसभामा सहभागी बनौं’ भन्ने उल्लेख गरिएको छ ।
Comments