Sajhamanch Archive

झापामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । झापा प्रहरीले एक कार्यक्रमका बीच समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यलय झापाले देश व्यापी कार्यक्रम अन्र्तगत चन्द्रगढीबाट सामाजिक अपराध नियन्त्रण तथा सुरक्षित समाज निर्माणका लागि समाजसित हातेमालो गरी काम गर्ने गरी अभियान सुरु गरेको हो ।

भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीहरु, विभिन्न सरकारी कार्यालयका प्रमुख, विद्यालयका प्रधान अध्यापकहरु, सामाजिक संघ संस्थाका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला प्रहरी झापाका प्रमुख भिमप्रसाद ढकालले कार्यक्रममाथि प्रकाश पार्दैै नागरिकसितको सहकार्यमा अपराध नियन्त्रण गरी सुरक्षित समाज निर्माण गर्न अभियान सफल हुने विश्वास व्यक्त गरे । उनले झापामा चोरी तस्करी, यौन अपराध लगायत अपराध नियन्त्रणमा प्रहरीले कडा कदम चालेको प्रष्ट पार्दै भयरहित समाज निर्माणमा झापा प्रहरी सचेत भएर लागिरहेको जनाए ।

विभिन्न जातीय पहिचान सहित साँस्कृतिक कार्यक्रम समेत रहेको कार्यक्रममा एकल महिलाकी केन्द्रीय सचिव रेखा अधिकारी, नेकपाका घनश्याम अधिकारी, नेपाली काँग्रेसका गणेश पोखरेल, राप्रपाका बाबुराम पराजुली, अर्जुनधारा नगर प्रमुख हरिकुमार राना लागायतले मन्तव्य राखेको कार्यक्रममा गाउँपालिकाको तर्फबाट बह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी, नगरपालिकाका तर्फबाट अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले अवधारण पत्रमा हस्ताक्षर गरी अभियानमा ऐकेबद्धता समेत प्रकट गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *