Sajhamanch Archive

प्रधानमन्त्री ओली अस्पताल भर्ना

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।  राति उनलाई रुघा खोकी बढेपछि बिहान साढे ३ बजे अस्पताल लगिएको थियो ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनलाई भर्ना गरिएको हो । उनलाई मनमोहन कार्डियोलोजीको भास्कुलर सेन्टरमा राखिएको छ । बिहानपख प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्रीलाई बिहान अस्पताल लगिएको हो ।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमा सीसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रधानमन्त्रीलाई रुघाखोकीसँगै ज्वरो पनि आएको थियो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले शनिबार आयोजना गरेको चियापान समारोहमा पनि उपस्थित हुन सकेनन् । आइतबार मन्त्रिपरिषद्को बैठकमा करिब १० मिनेटमात्रै सहभागी भएका थिए ।

– बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *