Sajhamanch Archive

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि आज बिहान अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालले बिहान जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको छ । यसैगरी शरीरमा चिनीको मात्रा असन्तुलित देखिएकोले वहाँलाई अस्पताल भर्ना गर्नु परेको विज्ञप्तीमा जनाइएको छ ।

‘उहाँको स्थास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको’ अस्पतालका कार्यकारी निर्देशक डाक्टर उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्रीलाई आज बिहान साढे ४ बजे त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *