Sajhamanch Archive

बोइङ ७३७ विमान दुर्घटना

Published: in राष्ट्रिय समाचार, by .

जकार्ता । इन्डोनेसियाको लायन एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

बोइङ ७३७ विमान आइतबार जकार्ताबाट उडेको केही समयमै दुर्घटना भएको हो । विमानमा १८८ जना सवार रहेको बताइएको छ ।

अधिकारीहरुका अनुसार विमान उडेको केहीबेर मै विमानस्थल टावरसँग सम्पर्कविच्छेद भएको थियो । समुद्रमाथि उडान गरिरहेको समयमा विमान दुर्घटना भएको हो ।

दुर्घटना भएको जलक्षेत्रमा उद्धारकर्मी पुगिसकेका छन् । समुद्रमा विमानसँग सम्बन्धित सामानहरु फेला परेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *