Sajhamanch Archive

१८८ यात्रुसहित समुन्द्रमा खसेको जहाजका पाइलट भारतीय नागरिक

Published: in समाज by .

इन्डोनेसियाको लायन एयरलाइन्सको बोइङ ७३७ जहाज राजधानी जकार्ताबाड उडान भरेलगत्तै समुन्द्रमा दुर्घटनाग्रस्त भएको छ । जेटी–६१० फ्लाइट नम्बरको त्यो जहाज जकार्ताबाट पंगकल गैरहेको थियो ।

त्यो जहाजका पाइलट भारतीय नागरिक भव्य सुनेजा थिए । दिल्लीको मयुर विहारका सुनेजा सन् २०११ देखि लायन एयरलाइन्समा आबद्ध थिए । उनले सन् २००९ मा बेल एयर इन्टरनेसनलबाट पाइलटको लाइसेन्स लिएका थिए ।

उद्धार कार्यमा खटिरहेका अधिकारीहरुका अनुसार जहाजमा सवार यात्रीहरुको सामानको टुक्राहरु समुन्द्रबाट निकालिएको छ । उनीहरुका अनुसार अझै पनि यात्रुहरुको अवस्था अज्ञात नै रहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

इन्डोनेसियाका आपतकालीन उद्धार एजेन्सीका प्रमुख सुतोपो पूर्वो नुगरोहोले दुर्घटनाको तस्बिर सार्वजनिक गरेका छन् ।

 

View image on TwitterView image on TwitterView image on TwitterView image on Twitter

Sutopo Purwo Nugroho

@Sutopo_PN

Jatuhnya pesawat Lion Air JT 610 di dekat fasilitas Anak usaha PT Pertamina (Persero), Pertamina Hulu Energi Offshore North West Java (PHE ONWJ) di lepas pantai di utara Bekasi, Jawa Barat. Petugas PHE ONWJ melakukan evakuasi dan mengambil dokumentasi.

अधिकारीहरुका अनुसार जहाजमा १८८ वयष्क, एक नवजात तथा दुई जना बालक थिए । त्यस्तै दुई जना पाइलट र चालक दलका पाँच जना सदस्य थिए ।
इन्डोनेसियामा थुप्रै टापुहरु रहेका छन् । एउटा टापुबाट अर्को टापुमा जान हवाई यात्रा नै उपयुक्त मानिन्छ तर सुरक्षाका हिसाबले इन्डोनेसियाका विमान कम्पनीहरुको अवस्था राम्रो छैन ।

लायन एयर इन्डोनेसियाको सबैभन्दा ठूलो एयरलाइन्सका रुपमा रहेको छ । यो एयरलाइन्सको जहाज अष्ट्रेलिया र खाडी मुलुकसम्म पनि उड्ने गर्छन् ।
सन् १९९९ बाट सञ्चालनमा आएको यो एयरलाइन्सको सेफ्टी रेकर्ड चिन्ताजनक नै रहेको छ । सन् २०१३ मा लायन एयरको एउटा जहाज समुन्द्रमा ल्याण्ड गरेको थियो । त्यसमा रहेका १०८ यात्रु नै सकुशल थिए ।

त्यस्तै २००४ मा लायन एयरको एउटा जहाज सोलो सिटीमा दुर्घटना हुँदा २५ जनाको ज्यान गएको थियो ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *