फर्किए चिया बगानमा मजदुर
Published: (Updated: )
by .मेचीनगर । एकसाता अघिदेखि आन्दोलनरत नेपाल चिया विकास निगम लि. अन्तर्गत झापाको मेचीनगरस्थित टोकला चिया बगानमा कार्यरत मजदुरहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै आइताबारदेखि काममा फर्किएका छन् ।
बगान व्यवस्थापन पक्षले श्रम ऐन २०७४ कार्यान्वयन नगरेको,ऐनले व्यवस्था गरेको दशैं वोनस नदिएको तथा राजपत्रमा उल्लेख भए अनुसार मजदुरलाई पारिश्रमिक नदिएको भन्दै मजदुरहरुले आन्दोलित थिए ।
पहिलो चरणको आन्दोलनबाट आफ्ना मागको वगान व्यवस्थापन पक्षबाट सुनुवाई नभए आइताबरदेखि कडारुपमा आफुहरु थप आन्दोलनका कार्यक्रम लिएर सडकसम्म पुग्ने ५ दिनको अल्टिमेटमसहित चेतावनीे दिएका थिए । तर, बगान व्यवस्थापनपक्षले मागको सम्बोधन गरेका कारण आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरी काममा फर्किएको अखिल नेपाल चिया मजदुर संघका केन्द्रीय सचिव तिलक दर्जीले जानकारी दिए ।
उनका अनुसार श्रम ऐन २०७४ ले प्रत्येक मजदुरलाई दशैै खर्चका रुपमा एक महिना बराबरको रकम दिने गरेको व्यवस्थालाई कार्यान्वयन गर्दै बगान व्यवस्थापनपक्षले दशैं बोनस उपलब्ध गराउन सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।
बगानमा १ सय ९५ महिला र ६६ गरी कुल २ सय ६१ जना स्थायी मजदुर तथा अन्य मौसमी मजदुरहरु रहेका छन् ।
Comments