Sajhamanch Archive

भद्रपुरमा ६३ ले गरे रक्तदान

Published: (Updated: ) in समाज by .

भद्रपुर । मुनाल फुटबल एकाडमी चन्द्रगढीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५ जना महिलासहित ६३ जनाले रक्तदान गरेका हुन् ।

क्लबका अध्यक्ष अशारु राजवंशीको अध्यक्षता तथा भद्रपुर १० का वडा सदस्य श्यामकुमार राउत, वडा नम्बर ७ का सदस्य कोषराज पौडेलको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा क्लबमा आबद्ध खेलाडी, प्रशिक्षक लगायतको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *