Sajhamanch Archive

प्रदेश १ सरकारका १२ वटा ताजा निर्णयहरु

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर । प्रदेश १ सरकारको आज १४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन गर्नेलगायत विभिन्न १२ वटा निर्णय गरेको छ ।

बैठकले आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्त गरेको छ भने सदस्यहरुमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गरेको जनाइएको छ ।

बैठकपछि आन्तरिक मामिला तथा कानून मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ लाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका छन् ।

बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुम र फिदिम दुई वटा शहरलाई नयाँ शहरको रुपमा विकास गर्न स्वीकृति प्रदान गरेको छ ।

त्यसका लागि सङ्घीय सरकारबाट १७ करोड रुपैयाँ विनियोजन भइसकेको उल्लेख छ ।

बैठकले प्रदेश सरकारको मातहतमा रहेका भौतिक सम्पति प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ ।

साथै, कोशी प्रतिष्ठान विधेयक मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरेको जनाइएको छ ।

मन्त्रिपरिषद्ले प्रदेश विकास स्वयंमसेवक परिचालन कार्यक्रम –२०७५ लाई स्वीकृत गर्दै झापा दमकको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको प्रवक्ता कार्कीले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *