Sajhamanch Archive

त्रिदेव क्याम्पस चारआलीले इलामको हर्कटेमा गर्यो आँखा स्वास्थ्य शिविर

Published: in समाज, स्वास्थ्य by .

हर्कटे (इलाम) । झापाको मेचीनगर १३ चारआलीस्थित त्रिदेव वहुमुखी क्याम्पसले आज यहाँ सञ्चालन गरेको निशुल्क आँखा स्वास्थ्य शिविरबाट ३०० जना आँखा रोगी लाभान्वित भएका छन् ।

सूर्योदय नगरपालिका वडा नं. ६ हर्कटे बजारमा आयोजित आँखा स्वास्थ्य शिविरमा आँखा जँचाएका मध्ये १२ जनामा मोतियाविन्दू भेटिएकाले थप उपचारका लागि बिर्तामोड पठाइएको जनाइएको छ ।

त्रिदेव क्याम्पसले आफ्नो सामुदायिक दायित्व अन्तरगत आफ्ना विद्यार्थीहरुको गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको क्याम्पस प्रमुख माधव प्याकुरेलले जानकारी गराए ।

मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोग तथा नेत्र अधिकृत कविता कार्की कडरियाको नेतृत्वमा रहेको ७ जना चिकित्सक टोलीले आँखा जाँच गरेको त्रिदेव क्याम्पसका उपप्राध्यापक गोपाल प्याकुरेलले बताए ।

हर्कटे बजार व्यवस्थापन समितिसमेतको व्यवस्थापनमा सम्पन्न निशुल्क आँखा स्वास्थ्य शिविरको अध्यक्षता क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष कुमार भट्टराईले गरेका थिए ।

उपप्राध्यापक प्याकुरेलले सञ्चालन गरेको कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष शिवकुमार बस्नेतलगायतले स्वास्थ्य शिविरको उपादेयता बारे बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *