Sajhamanch Archive

सामूहिक प्रयासले हिंसा न्यूनिकरण गर्न सकिन्छ : उपसभामुख तुम्बाहाङफे

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेले महिलामाथि हुने सबै प्रकारको हिंसा न्यूनिकरणका लागि सबैलाई केन्द्रीत हुन आह्वान गर्नु भएको छ ।

उपसभामुख तुम्बाहाङफेले यौनजन्य महिला हिंसा अन्त्यका लागि सरकार, गैरसरकारी संस्था र सर्वसाधारण सबैको दायित्व रहेको पनि स्पष्ट पार्नुभयो । शुक्रबार काठमाडौंमा आयोजित ‘यौनजन्य हिंसाः अनुसन्धान र न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सबैको सामूहिक प्रयासको बलमा मात्रै समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण गर्दै लैजान सकिने पनि बताउनुभयो ।

उपसभामुख तुम्बाहाङफेले महिला हिंसाको पीडा पुरुषहरुलाई पनि हुनेतर्फ पनि सबैलाई सचेत गराउनुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीले महिलामाथि हुने यौनजन्य हिंसा न्यूनिकरणका लागि उनीहरुलाई शिक्षा र स्वास्थ्यमा उचित लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।

महिला सशक्त भए उनीहरुमाथि हुने हिंसा आफैं न्यूनिकरण भएर जाने सांसद अधिकारीको भनाई छ । कार्यक्रममा विज्ञहरुले हिंसा पीडित महिलाहरुलाई तत्काल राहत दिन शीघ्र न्याय प्रणालीको छुट्टै व्यवस्था गर्न सरकारलाई सुझाव दिएका थिए ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *