प्रधानमन्त्री ओलीको उपचारमा कति लाग्यो खर्च ?
Published: (Updated: )
by .डाक्टर सायमीले भने,‘अहिलेसम्म प्रधानमन्त्रीको उपचार भैइरहेको हुँदा खर्चको बारेमा आधिकारिक जानकारी गराउन नसकेपनि सोमबारदेखि शुक्रबार सम्मको अनुमानित रकम ४० देखि ५० हजार हो ।’
डाक्टर सायमीले भने– ‘आज साँझसम्म डिस्चार्ज हुने ९० प्रतिशत सम्भावना भएको हुँदा डिस्चार्जको समयसम्म कति खर्च लाग्यो भन्ने बरेमा केही दिनमा जानकारी गराउनेछौ ’
अहिले प्रधानमन्त्री ओलीलाई भर्ना गरिएको दैनिक वेड चार्ज २५ सय र ५ दिनसम्म चलाइएको एउटा एन्टिबायोटिकको मूल्य रु १० परेको अनुमान गरिएको छ भने अन्य सामान्य शुल्कमा पाईने औषधी प्रयोग गरेको डा.सायामीले बताए ।
उनले भने, ‘यदि प्रधानमन्त्री ओली अहिले पनि उपचारको लागि बैंकक जानुभएको भए आउँदा–जाँदा र बस्ने ५० लाख या भारतनै जानूभएको भए पनि १५ देखि २० लाख सम्म त लाग्थ्यो नै होला । तर यो पटक भने नेपालकै सरकारी अस्पतालमा उहाँले निकै राम्रो र कम शुल्कमा उपचार पाउनुभएको छ ।’ डिस्चार्जपछि प्रधानमन्त्रीको उपचार खर्चको बिल सरकारलाई बुझाए पछि अस्पतालले खर्च पाउने जनाइएको छ ।
डा.सायमीले सम्पूर्ण उपचार खर्चको जानकारी आउन बाँकी भएपनि अहिलेसम्म लागेको रकम निकै कम भएको बताए । नेपालमा २५ सयमा पाउने भिआईपी वेडको बाहिरी देशमा २५ हजार पर्ने डा. सायमीको भनाई छ ।
डा.सायमी २५ बर्ष देखि प्रधानमन्त्री ओलीको स्वास्थ अबस्थाबारे जानकार छन् ।
Comments