Sajhamanch Archive

सतासीद्वारा सदस्यलाई ५ लाख ब्याज फिर्ता

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । नेपाल सरकारअन्तरगत युवा तथा साना व्यवसायी स्वरोजगार कोषले झापाका २३ सय हाराहारी युवा उद्यमीलाई स्वरोजगार बन्न दिएको कर्जाको ब्याजमध्ये ६० प्रतिशत अर्थात् एक करोड १० लाख रुपैयाँ फिर्ता गर्दै रहेको जनाएको छ ।

कोषका प्रशासन प्रमुख लोकबहादुर खड्काले पहिलो चरणमा झापाका १८ वटा सहकारीमार्फत् युवालाई उद्यमशील बन्न लगानी गरिएको कर्जा समयमै बुझाएकाले उनीहरुलाई एक करोड १० लाख रुपैयाँ ब्याज अनुदान दिइएको जनाए ।

आज बिर्तामोडको सतासी बहुमुखी सहकारी संस्थामा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा प्रशासन प्रमुख खड्काले यस्तो बताएका हुन् ।

सतासी बहुमुखी सहकारीले आज आफ्नै कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गरी प्रारम्भिक चरणमा उपस्थित ८ जना सदस्यलाई ब्याज अनुदान प्रदान गरेको हो ।

स्वरोजगार कोषबाट आज ब्याज अनुदान फिर्ता पाउने उद्यमीहरुमा सुरुङ्गाका भवानीदेवी गौतम, राधा आचार्य र सरिता कोइराला तथा अर्जुनधाराका मीरादेवी प्रसाई रहेका छन् ।

यस्तै, बिर्तामोडका तुलसीप्रसाद सिटौला, तारानाथ शिवाकोटी, युवराज पाठक र शर्मिला अधिकारीले पनि ब्याज अनुदान फिर्ता पाएका छन् ।
सतासी सहकारीबाट स्वरोजगार कोषको कर्जा लिएर उद्यमी बनेका ३९ जनालाई ब्याज अनुदान दिइने संस्थाका व्यवस्थापक सन्तोषकुमार श्रेष्ठले जानकारी दिए । उनीहरुलाई जम्मा चार लाख ५५ हजार ३३६ रुपैयाँ अनुदान वितरण गर्न कोषबाट रकम उपलब्ध भएको हो ।

संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उनले व्याज अनुदान वितरण्मा सरकारी ढिलासुस्तीका कारण आफ्ना सदस्यहरुले थुप्रै गुनासो व्यक्त गरेको सुनाए । राज्यले फिर्ता दिने नीति बनाए पनि वितरणमा ढिलाई गरिदिँदा सदस्यहरुले सहकारी संस्थाले नै आफूले पाउने अनुदान खाइदिएको सम्म आरोज खेप्नु परेको अध्यक्ष श्रेष्ठले जिकिर गरे ।

उक्त संक्षिप्त कार्यक्रममा स्वरोजगार कोषका झापा जिल्ला कार्यक्रम संयोजक सन्तोष सापकोटाले कोष सम्बन्धी सरकारको नीति र कार्यक्रमका बारेमा प्रष्ट पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *