Sajhamanch Archive

विदेशी पर्यटकसमूह नांगिएर यस्तो तमासा

Published: in समाज by .

अर्घाखाँची  । घुमघामको क्रममा अर्घाखाँची पुगेका ५० जना भन्दा बढी विदेशी नागरिकलाई नियन्त्रणमा लिने प्रयासमा स्थानीय प्रशासन लागिपरेको छ ।

अर्घाखाँचीको सीतगंगा ६,–बुङची खोलाको बगरमा नाङ्गै भएर उच्छृङ्खल गतिविधि गरेको आरोप उनीहरुमाथि  छ ।

बेलायत, स्पेन, प्यालेस्टाइन, अमेरिका, जापान, कोरिया, इजरायल, अर्जेन्टिना भारत लगायतका मुलुकका उनीहरु खोलाको बगर किनारको निजी जग्गामा टेन्ट हालेर बसेका छन्।

प्रहरीले उनीहरुलाई त्यहाँ पुर्याउने भनिएका कपिलवस्तुका मोतिराम गैरे , सितगंगा १० हर्रेका शालिकराम पोखरेल ,ललितपुर कुपन्डोलका सुशान्त पौडेल र बाराको कलैया दिपेन्द्र सुनारलाई नियन्त्रणमा लिएर  अनुसन्धान गरिरहेको छ।

यसैबीच  इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक कमल परियारको टोली घटनास्थलमा पुगेको छ ।

प्रहरी निरीक्षक परियारका अनुसार उनीहरु विभिन्न देशका भएका कारण भाषामा समेत समस्या भइरहेको छ।

‘अस्वभाविक गतिविधि गर्ने विदेशी नागरिकलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ’, उनले भने ।

शीतगंगा नगरपालिका भित्र पर्ने उक्त क्षेत्रमा जानको लागि अनुमति लिन  विदेशी नागरिकहरुको समूह नगरपालिका प्रमुख सूर्य प्रसाद अधिकारी कहाँ पुगेका थिए ।

तर आफूले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन सुझाएको अधिकारीले जानकारी दिए। तर उनीहरु अनुमति लिन नगएको खुलेको छ ।

प्रहरीका अनुसार विदेशी नागरिकको यो  समूहसँग सरकारी निकायले दिएको कुनै अनुमति छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *