Sajhamanch Archive

प्रदेश र केन्द्र सरकारको मिलोमतोमा सर्लाहीमा घटना भयोः विमलेन्द्र निधि

Published: in राजनीति by .

जनकपुर ।   नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय र प्रदेश सरकार दुबै मिलेर सर्लाहीको रामनगरमा घटना घटाएको आरोप लगाएका छन् ।

केही दिन पहिला रामनगरमा नेकपा र काँग्रेसबीचको झडपका क्रममा गोली चल्दा काँग्रेस कार्यकर्ता रामविलास महतोको मृत्यु भएको थियो ।
शनिबार जनकपुर स्थित जनकपुर यूथ क्लबले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्लाही घटनामा संलग्नमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरे ।

उनले प्रदेश सरकारलाई आफ्नै प्रहरी राख्नका लागि काँग्रेसले प्रदेश प्रहरी ऐन बनाउन सघाएपनि अहिलेसम्म प्रदेश प्रहरी नबनाएर अपराधीलाई उम्काउन खोजेको आरोप लगाए ।

संघीयतामा प्रदेश सरकारको आफ्नै संसद, प्रहरी, प्रशासन, अदालत, कर्मचारी हुनुपर्ने काँग्रेसको धारणा रहेको निधिको भनाई थियो ।

अर्को प्रसंगमा उनले संविधान संशोधनको एजेण्डा रहेतापनि मधेश केन्द्रित दलहरुले कुनैपनि हालतमा संशोधन गराउन नसक्ने दाबी गरे ।

मधेश समस्याको समाधान संविधान संशोधनबाट हुने भएपनि त्यो मधेसी दलबाट हुन नसक्ने उनको दाबी थियो ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवतर्फ ईंगित गर्दै उपसभापति निधिले भने– सत्तामै टासिएका एक मधेशी नेता सरकारमै रहेपनि संविधान संशोधन गराउन सकेका छैनन्।’
उनले संविधान संशोधन नपाली कांग्रेसले नै गर्न सक्ने समेत दाबी सो क्रममा गरे ।

कार्यक्रममा नेता निधिले  प्रदेश नम्बर २ को नाम मिथिला प्रदेश हुनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सांसदीय दलका नेता रामसरोज यादव, नेत्री प्रमिला देवी, राजपाका तर्फबाट प्रदेश सभाका सचेतक बनेका परमेश्वर साह, जनकपुरधाम उप–महानगरपालिकाका उपमेयर रिता मिश्र लगायतकाको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *