Sajhamanch Archive

पाकिस्तानी नायक जो नेपालमा पण्डित बने

Published: in टिप्स/जानकारी by .

हिन्दु मुस्लिम तनावमा बनिरहेको हलिउड फिल्म ‘द म्यान फ्रम काठमान्डु’ को सुटिङ पूरा भइसकेको छ र अर्को महिना रिलिज हुने तयारीमा छ ।

यो फिल्ममा हिन्दु पण्डितको भूमिका पाकिस्तानका चर्चित अभिनेता हमिद शेख र मुसलमानको भूमिका बलिउड अभिनेता गुलशल ग्रोवरले निभाइरहेका छन् ।

हमिद शेखको सम्बन्ध बलूचिस्तानसँग छ । उनी पिटिवी क्वेटासँग जोडिएका थिए । यसबाहेक फिल्म ‘मोर’ मा उनले मुख्य भूमिका  निभाएका छन् । यस्तै फिल्म ‘खुदाके लिए’ मा पनि उनले महत्वपूर्ण भूमिका निभाए ।

अभिनेताका रुपमा उनी हरेक भूमिका निभाउन चाहेको उनी बताउँछन् ।

उनले भने, ‘फिल्म मोरदेखि पण्डितसम्मको भूमिका निभाउनका लागि मैले त्यति मेहनत गर्नुपरेन । अभिनेताको रुपमा मसँग थुप्रै स्मरणयोग्य घटनाहरु छन् । यसबाहेक हामीमाथि बलिउडको धेरै असर पनि छ । मेरा थुप्रै साथीहरु छन् जो हिन्दु धर्मसँग सम्बन्ध राख्छन् ।’

हमिद शेखका अनुसार उनी अन्तर–धार्मिक माहौलमा हुर्किएका हुन् जसका कारण पण्डितको भूमिका निभाउन निकै सजिलो भएको उनको भनाई छ ।

‘क्वेटामा मेरो घरको एकातर्फ हिन्दुको मन्दिर छ भने दोस्रोतर्फ पारसीको कोलोनी र धार्मिक स्थल छ । यस्तै, घरको पछाडि अहमदिको एउटा मात्र धार्मिक स्थल छ । हामीले यी सबै कुरा बाल्यकालदेखि देख्दै आएका छौं ।’

फिल्मका निर्देशक नेपालीः

हमिद शेखका अनुसार ‘द म्यान फ्रम काठमान्डु’ को कहानी एक मुसलमान युवकमा केन्द्रीत छ जो अमेरिकाबाट नेपाल आएर आफ्ना पिताको विरासत खोजिरहेको छ । यो क्रममा उनी एक मुसलमान नेताको सम्पर्कमा आउँछन् जसको भूमिका गुलशन ग्रोवरले निभाइरहेका छन् ।

गुलशनले उनलाई राजनीतिक रुपमा प्रयोग गर्न चाहन्छन् र यसमा असफल हुन्छन् ।

हमिद भन्छन्, ‘यो क्रममा मेरो मुस्लिम नेतासँग मुठभेद हुन्छ । म त्यहाँको एक हिन्दु नेता हुँ, पण्डित हुँ ।’

यो फिल्मका निर्देशक पेमा नेपाली हुन् । उनका परिवार तिब्बतबाट नेपाल भित्रिएका थिए । पेमाले अमेरिकामा शिक्षा हाँसिल गरेका हुन् र आफ्नो फिल्मलाई हलिउडमा रजिस्टर गराए ।

गुलशन ग्रोवरका अनुसार उक्त फिल्म पेमा ढोंढुप आफैंले लेखेका हुन् । पेमा गुलशनका साथी हुन् ।

उनी भन्छन्, ‘म आफ्नो कामलाई निकै महत्व दिन्छु । यसका साथै साथीहरु पनि मेरो जीवनका अभिन्न अंग हुन् । पेमा मेरो साथी हुन् । यो फिल्मको सुटिङका लागि समय नै पाइरहेको थिइनँ । साथै दाह्री पनि पाल्नुपरेको थियो तर अन्त्यमा सबैकुरा ठिक भयो ।’

पाकिस्तान घुम्न चाहन्छन् गुलशन ग्रोवरः

गुलशन ग्रोवर निकै राम्रा व्यक्ति बताउँदै हमिद शेख भन्छन्, ‘हामी दाजुभाइजस्तै छौं । उनले मलाई धेरै कुरा सिकाए, भूमिकालाई कसरी निर्वाह गर्ने उनले सिकाए ।’

‘हामी बेलुका सधैं दाल रोटी खान्छौं र गफ लडाउँछौं । उनको खानदानको सम्बन्ध रावलपिन्डीसँग छ । उनलाई आफ्नो पुर्ख्यौली घर हेर्ने ठूलो छ । त्यहाँका मानिसलाई भेट्ने इच्छा छ ।’

‘द म्यान फ्रम काठमान्डु’ अमेरिकाबाहेक नेपाल र भारतमा रिलिज हुनेछ । हमिद शेखका अनुसार पाकिस्तानमा पनि रिलिज गर्ने कोसिस छ तर पाकिस्तानमा व्यावसायिक फिल्म मात्र चल्ने भएकाले यसमा कठिनाई भएको उनको भनाई छ ।

हमिद शेख यसअघि पनि अमेरिकी फिल्ममा काम गरिसकेका छन् । उनका अनुसार त्यहाँका मानिसहरु व्यवसायिक छन् जबकी आफूहरु उक्त क्षेत्रमा नयाँ भएकाले अहिलेसम्म कुनै दिशा तय गरेका छैनन् ।

हमिद शेख ऐतिहासिक कहानीमा व्यवसायिक फिल्म बनाउने इच्छा राख्छन् जसका लागि अनुसन्धान जारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *