Sajhamanch Archive

यस्तो अद्भूत  जीव, जसले आफ्नो जीवन दोहोर्‍याएर सुरु गर्न सक्छ

Published: in विविधा by .

भूमध्यसागरमा बस्ने जेलिफिससँग एउटा अद्भूत र अनौठो क्षमता छ– उसले आफ्नो जीवन दोहो-याएर सुरु गर्न सक्छ ।

एक हिसाबले अमर भनिने जेलिफिसको वैज्ञानिक नाम ‘टुर्रिटोप्सिस डोहर्नी’ हो । यो जीवसँग आफ्नो कोषको पहिचानलाई बदलेर पुनः आफ्नो युवा अवस्थामा फर्कने सक्ने क्षमता हुन्छ । अर्को शब्दमा भन्ने हो भने यसले जुनसुकै उमेरमा आफ्नो आकार बदलेर दोहो-याएर बाल अवस्थामा आउन सक्छ ।

जेलिफिसका लागि आफूलाई जति बेला पनि युवा बनाउने यो क्षमता जिउँदो रहने एउटा अद्भूत प्रणाली हो, जसले वृद्ध हुँदा, बिरामी पर्दा अथवा कुनै खतराको सामना गर्नुपरेमा यो क्षमता काम आउँछ ।

एक पटक जब यो प्रक्रिया सुरु हुन्छ तब जेलिफिसको ‘बेल’ र ‘टेन्टिकल्स’ परिवर्तन भएर पुनः ‘पँलिप’ बन्दछ । यो यस्तो वनस्पतीको आकार हो, जसले पानीमुनि रहेर सतहसँग जोडेर राख्दछ ।

यसले यस्तो काम एक प्रक्रियाअन्तर्गत गर्दछ जसलाई ‘सेलुलर ट्रान्सडिफरेन्सिएसन’ भनिन्छ । यसमा कोष सीधा हिसाबमा एक प्रकारबाट अर्को प्रकारमा बदलिएर नयाँ शरीरमा बदलिन्छ र यो प्रक्रिया बारम्बार सम्भव हुन्छ ।

अनुसन्धानकर्ताको एक टोलीले हालसालै जेलिफिसको डीएनएको एउटा सानो हिस्साको सिक्वेन्स तयार गरे । इटलीको सेलेन्टो विश्वविद्यालयका प्रध्यापक स्टेफानो पिराइनो यो काममा सहभागी थिए । हाल उनी ‘फिकिक्स’ नामक एउटा विशाल परियोजनाको संयोजन गरिरहेका छन्, जसले ‘टुर्रितोप्सिस डोहर्नी’को कोषहरूले एकआपसमा गर्ने संवादहरू बुझाउन सजिलो बनाउनेछ ।

उनको भनाइमा ‘लाइफ रिभर्सल’को सम्पूर्ण सत्य तब बुझ्न सकिन्छ जब यो जीवको जिनोमको रहस्य सम्पूर्ण रूपमा बुझ्न सकिन्छ । प्रध्यापक पिराइनोले ल्याबमा जेलिफिसको मृत्यु पनि देखेका छन्, जो उनका अनुसार दुखद् हुन्छ । यसले यो जीव पूरै तरिकाले अमर नभएको देखाउँछ ।

तर फेरि पनि यसले आफूलाई जुनसुकै प्रकारमा ढाल्न सक्ने क्षमता अद्भूत हो । साथै हाल अन्य दुई जेलिफिसका प्रजातिहरू पनि पत्ता लागेको छ, जसलाई ‘आरेलिया एसपी–१’ नाम दिइएको छ । यो प्रजाति पूर्वी चीनको समुद्रमा पाइएको हो ।
मानव शरीरमा पनि पुनर्जन्म हुन्छ ?

मानिसको सन्दर्भमा यो प्रक्रियालाई ख्याल ग¥यौं भने के हामी पुनर्जन्म लिन सक्छौँ ? केही हदसम्म हामी यो अहिले नै गर्न सक्छौँ । जस्तो पोलेको, चोट लागेको र घामले जलेको छाला आफै ठीक हुनु यसैको सङ्केत हो । हामी आफ्नो हात खुट्टाका औँलाको माथिल्लो भाग काटिएमा दोहो¥याएर पैदा गर्न सक्छौं ।

हामी हरेक सातदेखि दस वर्षमा एक नयाँ मानिस बन्छौँ भन्ने विचार पहिले लोकप्रिय थियो । किनभने यो समयमा हाम्रो शरीरको सबै कोष मर्छन् र नयाँ कोषले तिनको ठाउँ लिन्छन् । हुन त यो एक मिथक मात्र थियो तर मानिसको कोष लगातार मर्ने र बदलिने कुरा भने सत्य हो ।

पुनर्जन्म गर्न सक्ने अन्य जीवहरू
तर यस्तो प्रकारको पुनर्जन्म अरू जनावरहरूमा पनि हुने गर्छ तर सामान्यतया यो शरीरको कुनै एक हिस्सामा मात्र सीमित हुन्छ । उदारणको रूपमा सालम्यान्डरलाई लिन सकिन्छ ।

लन्डनको युनिभर्सिटी कलेजका डाक्टर मेक्सिमिना युन भन्छन्, “सालम्याडर पुनर्जन्मको च्याम्पिएन हो । केही त आफ्नो मुटु, बङ्गारा र पूरै हात–खुट्टा र पुच्छरलाई पनि पुनर्जीवित गर्न सक्छन् ।

सालाम्यान्डरमा हुने यो विशेष प्रक्रियाबारेमा धेरै जानकारी छैन । तर  डाक्टर युन सालाम्यान्डरको काटिएको हिस्सामा दोहा¥याएर बन्ने कोषहरूको एक गुच्छा ‘ब्लास्टिमस’ सम्बन्धमा एक प्रयोग गरिरहेकी छिन् ।

उनी र उनका सहयोगीहरूले हालै सालामान्डरले केही खास खालको प्रोटिन पी ५३ लाई नियमन गर्न सकेको केही प्रमाण पत्ता लगाएकी छिन् । यही प्रोटिनको कारणले कोषिकाले नयाँ रूप पाउछँन् ।

उदारहणका लागि यसबाट कोषलाई खुट्टा पुनर्जीवित गर्नका लागि आवश्यक मांशपेशीहरू, कोषिकाहरू र हड्डीहरूको तन्तु बनाउन सहायता मिल्छ ।

मानिसले पनि भविष्यमा आफ्नो फाइदाका लागि यो प्रक्रिया प्राप्त गर्न सक्ने आसा गरिएको छ ।

डाक्टर युनको समूह यस प्रक्रियामा प्रतीरक्षा प्रणालीको भूमिकालाई लिएर पनि खोज गरिरहेका छन् । उनका अनुसार पहिले पुनर्जन्मको अवरोधका लागि प्रतिरोधात्मक प्रणालीको कोष ‘म्याक्रोफेगस’लाई जिम्मेवार मानिन्थो, हाल आएर पुनर्जन्मका लागि यही नै सबैभन्दा जरुरी हुन्छ भन्ने पत्ता लागेको छ ।

तर अलग अलग प्रकारको सालाम्यान्डरसँग पुनर्जन्मको अलग अलग तरिका हुन्छ भन्ने कुरा पनि ध्यान दिनुपर्ने कुरा हो । उदाहरणका लागि एक्सोलोट्ल्स ‘स्टेम कोष’ निर्माण प्रक्रिया सुरु गर्न सक्छ, जुन पुनर्जन्म आवश्यक कुनै पनि प्रकारको कोषमा बदलिन सक्छ ।

तर ‘न्युट्स’ मांशपेशीहरूको तन्तुले पुनर्जन्मको लागि ‘डिडिप्रेसिएसन’ प्रक्रियाको साहरा लिन्छ । यसमा एक खास प्रकारको कोष बढ्छ ।

एक हिस्साको विशेषता
डाक्टरले त्यसलाई पुनर्जीवित गर्दा भने त्यो एकदम अलग बन्छ, जसको आकार प्रकार अलग हुन्छ । सायद लिङ्ग पनि अलग हुन्छ ।

पलभरमा आफ्नो छवी बदल्ने जीव निक्कै कम छन् तर निरन्तर त्यस्ता नयाँ उदाहरणहरू खोजिँदैछ ।

दुई वर्षअघि मात्रै इक्वेडरको रेनफरेस्टमा अनुसन्धानदाताहरूले भ्यागुताको प्रजाति ‘प्रिस्टिमेन्टिस मुटाबिलिस’ले क्षणभरमा आफ्नो काँडेदार छालालाई एकदम मुलायम छालामा बदल्न सक्छ भन्ने पत्ता लगाए ।

दस वर्षदेखि यो भ्यागुता विज्ञानको नजरमा छ । तर आकार बदल्ने क्षमताले भलै तिनलाई वातावरणमा घुलमिल गर्न सहयोग गर्छ तर पहिले यसको जानकारी कसैलाई थिएन ।

नाटिङ्घम ट्रेन्ट विश्वविद्यालयका डाक्टर लुइस जेन्टठलको भनाइ यस्तो छ– “यो यति छिटो हुन्छ कि यही कारणले यो कुरामा पहिले कसैको ध्यान गएको थिएन । यसले सबैलाई मूर्ख बनाइरहेको थियो ।”
अन्य कयौँ जीवहरूमा यस्तै खालको कला देखिन्छ । यसमा अक्टोपसका कयौँ प्रजातिहरू समावेश छन् जो आफ्नो रङ र बनावट वरपरको सतह अनुसार ढाल्छन् । यो प्रक्रिया कसरी सुरु हुन्छ भनेर पत्ता लाग्न भने सकेको छैन ।

डाक्टर जेन्टलको उदाहरणअनुसार यो सबै तापक्रम कम हँुदा मानव छालाको रौँ ठाडो भए जस्तो हो, जुन स्वतः हुने खालको परिवर्तन हो ।

उनको भनाइ छ, “यस्तो सायद यसले आफ्नो वरपरको सतह चिनेर जानीबुझी यस्तो गर्छ ।”

यद्यपि केही जीवहरू ‘मेटामोरफोसिस’को सहायताले एक नयाँ आकारमा बदलिन्छन् । यसको सबैभन्दा राम्रो उदाहरण ‘क्याटरपिलर्स’ हो, जसले  ‘क्रिसालिस’ बनाउँछन् र पछि पुतलीमा बदलिन्छ ।
अन्य केही आश्चर्यजनक उदाहरण पनि छन् । धेरै एक कोषीय अमिबा एकै पटक मिलेर बहुकोषीय आकार बनाउँछन् । अर्को शब्दमा उनीहरू परिवर्तनका लागि एकसाथ मिल्छन् ।

त्यस्तै; ‘डायकोस्टिलियम डायकोडियम’ खाना खोज्ने बेला एक ‘स्लग’ बन्न एक आपसमा जोडिन्छन् । जब यो ‘स्लग’ खाना भएको नयाँ सतरमा बस्छ, तब यसमा दोहो¥याएर परिवर्तन हुन्छ । यसले पुनः एक यस्तो आकार लिन्छ, जसले स्पोर्स निकाल्छ । त्यसपछि आफ्नो जीवनको प्रक्रिया दोहो-याएर सुरु गर्छ ।”

यस्ता उदाहरणहरू औँल्याउँदै डाक्टर युन भन्छिन्, “विज्ञान विस्तारै काल्पनिक विज्ञानतर्फ अगाडि बढिरहेको छ ।”

बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *