Sajhamanch Archive

रेडियो सनराइज २०७५ को मिडिया कप च्याम्पियन

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by .

अर्जुनधारा । विवेचना दैनिकले आयोजना गरेको दोस्रो झापा मिडिया कपको उपाधि बिर्तामोडको रेडियो सनराइजले उचालेको छ ।

शनिश्चरेको ग्रासरुट फुटबल मैदानमा आयोजित तीन दिने फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा रेडियो सनराइजले जनसंसद दैनिक र लोकतन्त्र पोष्टको संयुक्त टिमलाई सडन डेथमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्धारित समयमा गोल रहित बराबरी भएपछि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा पनि २–२ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

सडन डेथमा ५–४ गोलअन्तरबाट सनराइज भाग्यमानी सावित भयो । उसले नगद ३१ हजार रुपैयाँ र ट्रफी पायो ।

यता उपविजेता जनसंसद् र लोकतन्त्र पोष्टको टिमले नगद १५ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाउनु पर्यो ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न फाइनल खेलका विजेता टिमलाई अर्जुनधारा १० का वडा अध्यक्ष बलदेव गोम्देन र ११ का अध्यक्ष भैरव खड्काले संयुक्तरुपमा नगदसहित ट्रफी प्रदान गरे ।

उपविजेता टिमलाई एक्सल डेभलपमेन्ट बैंका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेलले नगद र ट्रफी प्रदान गरे ।

फाइनल खेलको म्यान अफ दी म्याच सनराइजका कप्तान प्रकाश बानियाँलाई खेल संयोजक रमेश समदर्शी राईले नगद एक हजार रुपैयाँसहित ट्रफी प्रदान गरे ।

प्रतियोगितामा फेयर टिम नेशनल मिडिया ग्रुप घोषित हुँदै नगद ५ हजार र ट्रफी पाउन सफल भयो भने म्यान अफ दी टुर्नामेन्ट जनसंसद् र लोकतन्त्रका खेलाडी सुमन विक घोषित हुँदै एक थान एन्ड्रोइड मोबाइल पाउन सफल भए ।

उनलाई रुप मोबाइल घरका सञ्चालक खगेन्द्र नेपालले माोबाइल र ट्रफी प्रदान गरे ।

त्यस्तै, सनराइजकी सुष्मा राजवंशी बेस्ट कोच, बेस्ट गोलकिपर सविन खवास घोषित हुँदै नगद १५ सयसँगै ट्रफी पाए भने नेशनल मिडिया ग्रुपका इन्द्रजित मुखियाले बेस्ट मिडफिल्ड सुरक्षित गर्दै नगद १५ सयसँगै ट्रफी पाए ।

संयुक्त टिमका अरुण राई बेस्ट डिफेन्स, उसकै सचिन सुब्बा बेस्ट फरवार्ड घोषित हुँदै जनही नगद १५ सयसँगै ट्रफी पाउन सफल भएका खेल संयोजक रमेश समदर्शी राईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *