Sajhamanch Archive

काँकरभिट्टामा ‘केभिटी फेस्टिभल नाइट’ हुने

Published: in टिप्स/जानकारी by .

काँकरभिट्टा । के। टाउन इभेन्टस् र मेची जिम क्लबले आइतबार ‘केभिटी फेस्टिभल नाइट’ आयोजना गर्ने भएका छन् ।

इभेन्ट मेनेजर सुमन थापाका अनुसार शुभ दिपावली, छठलगायत पर्वहरुको सन्दर्भ पारेर एक दिने सांगीतिक कार्यक्रम गर्न लागिएको हो ।

काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालन गरिने सांगीतिक साँझको मुख्य प्रायोजकमा सुपर मी चाउचाउ र सह प्रायोजकमा फोर्ड रहेको छ ।

अपरान्ह साढे ३ बजेदेखि सुरु हुने सांगीतिक कार्यक्रममा ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित ब्याण्डको विशेष प्रस्तुति रहनेछ ।

एपी वान टिभीबाट प्रशारित कार्यक्रम भ्वाइस अफ नेपालका प्रतियोगी मेचीनगर ६ का कुशल आचार्य र योगेन्द्र उपाध्यायलाई हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

त्यसक्रममा एपी वान टिभीकै अर्को कार्यक्रम नेपाल आइडलमा प्रतिष्पर्धा गरेका मेचीनगर ६ का विश्वास उप्रेतीले विशेष सांगीतिक प्रस्तुति दिनेछन् ।

सांगीतिक साँझमा राष्ट्रियस्तरको सांगीतिक समूह केटीएम ब्याण्ड, मंकी टेम्पल, कोब वेड ब्याण्डका कलाकारले विशेष सांगीतिक खुराक पस्किने छन् ।

त्यस्तै स्थानीयस्तरमा लोकप्रिय सांगीतिक समूह पञ्चम म्यूजिक स्कूल, रेडु इम ब्याण्ड, ट्रिप लेट नोट, कल ब्रेकर्स ब्याण्डलगायतको प्रस्तुति रहनेछ ।

इभेन्ट मेनेजर थापाका अनुसार दर्शकका लागि २०० रुपैयाँ टिकट दर निर्धारण गरिएको र शनिबार साँझसम्ममा करिब २ हजार थान टिकट बिक्री भइसकेको छ ।

५ हजार थान टिकट विक्री गर्ने लक्ष्य राखेको आयोजकले संकलित रकमबाट भ्वाइस अफ नेपालका प्रतियोगी आचार्य र उपाध्यायको प्रचारप्रसार र सामाजिक कार्यमा खर्च गरिने बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *