Sajhamanch Archive

वैदिक सहकारीले विपी चोकमा फूलबारी बनायो

Published: in सहकारी by .

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत शनिबार वी पी चौक सरसफाई तथा दुर्गा पञ्चायन मन्दिरमा फूलबारी निर्माण गरेको छ ।

संस्थाका सदस्यहरु, स्थानीय बासिन्दा तथा शुभ चिन्तकको टोलीले ‘हाम्रो वी पी चौक, राम्रो वी पी चौक’ निर्माण अभियान अन्तर्गत सरसफाई तथा फूलबारी निर्माण गरेका हुन् ।

अभियानमा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठ, १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का काजीले ऐक्यवद्धता जनाउँदै सहभागिता प्रकट गरेका थिए ।

कार्यक्रममा सत्यलक्ष्मी कृषि सहकारीका अध्यक्ष नयाँनाथ पाण्डे, सचिव कमलप्रसाद अधिकारी, कोषाध्यक्ष मोहनकुमार श्रेष्ठले समेत अभियानमा सक्रिय सहभागिता जनाएर सरसफाई तथा फूलबारी निर्माणमा सहयोग गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *