Sajhamanch Archive

तोङ्ग इल मोदो विश्व कप २०१८ मा नेपाललाई १६ पदक

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

झापा । भारतको राजधानी नयाँदिल्लीमा अक्टोबर ३० देखि नोभेम्बर २ तारिखसम्म सञ्चालित १०औं तोङ्ग इल मोदो विश्व कप २०१८ मा नेपाली राष्ट्रिय टोलीले ६ स्वर्ण, ३ रजत र ७ वटा कास्य पदक जितेको छ ।

उक्त प्रतियोगितामा प्रशान्त चौधरी (कैलाली), ऋतु चौधरी (कैलाली), पवन हमाल (कैलाली), अनिता विष्ट (कैलाली), कृष्ण नेपाली (दाङ्ग) र पूजा चौधरी (सुनसरी)ले स्वर्ण पदक जितेका छन् ।

प्रतियोगितामा धिरज चौधरी (कैलाली), रेशम सिंह (कैलाली) र झलक शाही (सुर्खेत) ले रजत पदक दिलाए । त्यस्तै कास्य पदक जित्नेहरुमा विश्वजित गुरुङ (इलाम), विश्वास चौधरी (झापा), नम विष्ट (कैलाली), एञ्जल चौधरी (कैलाली), तीर्थ चौधरी (कैलाली) र मीना बस्नेत (कैलाली) छन् ।

सो प्रतियोगिताको सामुहिक कला प्रदर्शनीतर्फ नेपालले दोस्रो र टिम च्याम्पियनशीपमा तेस्रो स्थान हासिल गरेको तोङ्ग इल मोदो संघ नेपालका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।

विश्व तोङ्ग इल मोदो महासंघ र भारत तोङ्ग इल मोदो संघद्वारा तल्काटोरा एनडी एमसी इन्डोर स्टेडियममा आयोजित प्रतियोगितामा विश्वभरका २६ देशका खेलाडीले प्रतिष्पर्धा गरेका झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले बताए । प्रतियोगिताका लागि नेपालबाट ४० सदस्यीय राष्ट्रिय टोली भारत प्रस्थान गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *