Sajhamanch Archive

विराटनगरमा ४ अर्ब लागतमा १ सय १० मिटर अग्लो ‘भ्यू टावर’

Published: in राष्ट्रिय समाचार by .

विराटनगर ।  महानगरपालिका वडा नम्बर ३ मा ‘भ्यू टावर’ बनाइने भएको छ । ४ अर्ब लागत अनुमान गरिएको टावरको उचाइ १ सय १० मिटर हुनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश १ का कार्यवाहक मूख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यू टावरको सामूहिक रुपमा शिलान्यास गरेका हुन् ।

भ्यू टावर निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार, विराटनगर महानगरपालिका, मोरङ व्यापार संघ, उद्योग संगठन, उद्योग वाणिज्य महासंघ प्रदेश १, नागरिक समाज र सर्वसाधारणको बास्केट फण्ड बनाएर निर्माण अगाडि बढाइने बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताउनुभयो  ।

१ विघा ७ कठ्ठा क्षेत्रफलमा एक सय १० मिटर अग्लो भ्यू टावर निर्माण हुने विराटनगर महानगरपालिकाले जनाएको छ । तर सिलान्यास भैसकेको टावरको अहिलेसम्म डीपीआर भने तयार भैसकेको छैन ।

टावरमा राजवंशी समुदायको संग्रहालय, विजनेश कम्प्लेक्स, रिक्रेशन सेन्टर, डिपार्टमेन्ट स्टल, रेष्टुरेन्ट र प्रर्दशनी केन्द्र रहने छ । शिलान्यास भएको भ्यू टावर आगामी चार वर्ष भित्रमा निर्माण सम्पन्न हुने मेयर पराजुलीले जानकारी दिनुभयो  ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *