Sajhamanch Archive

मेचीनगरको २ नम्बर वडा पनि खुला दिसामुक्त घोषणा

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिका वडानम्बर २ लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । सोमबार वडा कार्यालय भृकुटीबजारमा आयोजित घोषणा सभामा नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीले खुला दिसामुक्त वडा घोषणा गरेकी हुन् ।

मेचीनगर २ नम्बर वडाको आयोजनामा भएको कार्यक्रममा बोल्दै उपप्रमुख उप्रेतीले नगरका १५ वटै वडालाई खुल्ला दिसामुक्त वडाका घोषणाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् ।


अब मेचीनगरका १, २, ३, ४, ११, १२, १३, १४ र १५ नम्बर वडा खुला दिसामुक्त घोषणा भएको उनले जानकारी दिइन् । नगरपालिकाको १५ वटा वडामध्ये अब ६ वटा वडा खुल्ला दिसामुक्त घोषणा हुन बाँकी रहेको उपप्रमुख उप्रेतीले बताइन् ।

नगरपालिका भित्र अत्याधिक रुपमा चिया कमान र त्यहाँ कार्यरत मजदुरहरुका आवासमा व्यवस्थित शौचालय नहुँनु नै मेचीनगर नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गर्न मुख्यः चुनौती बनेको उनको भनाई थियो ।

विशेषगरी नगरको विभिन्न वडा चिया बगानले ओगटेको र त्यहाँ काम गर्ने चिया मजदुरको संख्या पनि ठूलै रहेको अनि कसैकोमा पनि शौचालय नभएका कारण मेचीनगर नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गर्न चुनौती बनेको उनले प्रष्ट पारिन् ।

एक हजार ४८० घरधुरी भएको २ नम्बर वडाका शतप्रतिशत चर्पी स्थानीयले प्रयोग गर्न थालेको वडाध्यक्ष तिलक न्यौपानेले बताए । वडा सचिव सुरेशकुमार घिमिरेले प्रतिवेदन प्रस्तुत गर्दै नेपाल सरकारले तात्कालिन बाहुनडाँगी गाउँ विकास समिति मार्फत यो कार्यक्रम शुरु गर्दा करिव १० प्रतिशत घरधुरीहरुमा मात्र मापदण्ड पुगेका शौचालयहरु निर्माण भएको सो वडामा जनप्रतिनिधिहरु निर्वाचित भएर आउनु पूर्व १ हजार ४८० घरधुरीहरु मध्ये ८१४ घरधुरी अर्थात ५५ प्रतिशत घरधुरीहरुमा मात्र शौचालय निर्माण भएकोे प्रष्ट पारेका थिए ।

कार्यक्रममा उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ, नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी, सहारा नेपालका सहसचिव लालबहादुर गिरी, जिल्ला खानेपानी सरसफाई स्वच्छता समिति झापाका फोकल पर्सन रुद्र न्यौपाने, नेकपाका यमप्रसाद ढुंगेललगायतले बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *