Sajhamanch Archive

विद्यार्थीहरुले यसरी मनाए देवकोटा जयन्ती

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । शिवसताक्षीको दूधेमा १०९ औं देवकोटा जयन्ती तथा कविता गोष्ठी सम्पन्न भएको छ । श्री राष्ट्रिय आदर्श बाल क्लबको आयोजनामा दूधे स्रोतकेन्द्रको हलमा लक्ष्मीप्रसाद देवकोटालाई विद्यार्थी तथा साहित्य विधाका श्रष्ठाहरुले सम्झिएका छन् ।

कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटाले साहित्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो । शिक्षक यादवप्रसाद घिमिरेले देवकोटाको जीवनी प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि विवश बलिभद्र कोइरालाले देवकोटालाई जंगली कविको रुपमा व्याख्या पनि गरेको बताए ।

उनले देवकोटा कवितामा जब मान्छे डुब्छ त्यसबाट छोडेर भाग्न सक्दैन त्यस अर्थमा देवकोटलाई जंगली कवि भनेर व्याख्या गरिएको जानकारी दिए । साहित्यकार कोइरालाले ३ ओटा गजल पनि प्रस्तुत गरिएका थिए । कार्यक्रममा वैदशिक रोजगारी र यहाँको समाजको विषय समेटेर तयार पारिएको उपन्यास रेमिन्ट ल्याण्ड उपन्यासकार श्याम सुन्दर सिघंकले विद्यार्थीहरुलाई पठ्नका लागि बाल क्लबकी अध्यक्ष विद्या सिग्देललाई हस्तान्तरण गरे ।

कार्यक्रमा उपस्थित विराट किराँती, दिलिप घिमिरे, बाटाघरे कान्छा, सेलिङ केसीले गजल तथा कविता प्रस्तुत गरेका थिए । शिक्षक दुर्गे योङ्गहाङ्ग, यदुनाथ दाहाल, छविलाल दवाडीले देवकोटाको बारेमा चर्चा गर्दै बालबालिकाहरुलाई साहित्य विधातर्फ उन्मुख गराउन साप्ताहिक रुपमा साहित्यिक कार्यक्रमहरुको  आयोजना गर्नु पर्ने बताए ।

विद्यार्थीहरुको तर्फबाट बाल क्लबकी अध्यक्ष विद्या सिग्देलले कविता प्र्रस्तुत गरेकी थिइन् । उनले किताब पढेर सिकेको ज्ञान भन्दा स्वयम सृष्टाहरुले देवकोटाको विषयमा चर्चा गरी कवितात्मक तरिकाले गरिएको प्रस्ततिले धेरै ज्ञान पाएको बताईन् । उनले आगामी कार्यक्रमहरुमा विद्यार्थीहरुबाट गजल तथा कविता लेखेर प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरिन् । बाल क्लबकी अध्यक्ष सिग्देलको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द काफ्लेले सञ्चालन गरेका थिए ।

Set feature

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *