Sajhamanch Archive

स्थानीय तहका जनप्रतिनिधिलाई सहकारी अभियान बुझाईंदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह by .

झापा । राष्ट्रिय सहकारी महासंघले आज झापाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य र समन्वयका विषयमा अन्तरक्रिया गरेको छ ।

झापा जिल्ला सहकारी संघको व्यवस्थापनमा बिर्तामोडमा आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहसँगको सहकार्य र समन्वय’ विषयक अन्तरक्रिया सम्पन्न भएको हो ।

महासंघका अध्यक्ष केशव बडाल प्रमुख वक्ता रहेको अन्तरक्रियामा उनले नेपालको संविधानले सहकारीलाई दिएको स्थान विश्वस्तरको रहेको भनी विश्व सम्मलेनहरुमा कुरा उठ्ने गरेको जिकिर गरेका छन् ।

स्थानीय तहले सहकारी ऐन बनाउन पाउनुपर्ने भनी संविधानसभामा आफ्नो एक्लो ढिपीले पास गराएकोले जीवनमा नै सबैभन्दा राम्रो काम गरेको उनको भनाई छ ।

उनले भनेका छन्, ‘तर सहकारी तथा गरिवी निवारण मन्त्रालयले ड्राफ्ट गरी स्थानीय तहलाई पठाएको ऐनको मस्यौदा संघीय सहकारी ऐन विपरित रहेको र ठाउँठाउँमा बाझिने खालको भएकाले महासंघले अर्को ऐन मस्यौदा गरी पठाएको बताए ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा, सहसचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई महासंघका सञ्चालक सदस्य शिव डाँगीले शब्दद्वारा स्वागत गरेका थिए ।

अन्तरक्रियामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका सञ्चालक सदस्य रमेशप्रसाद पोखरेलले कार्यपत्र पेश गरेका थिए । कार्यपत्रमा नेपालको सहकारी अभियानको ऐतिहासिक विरासत, विद्यमान अवस्था र संरचनाका बारेमा प्रकाश पारिएको थियो ।

उक्त कार्यपत्रमा राष्ट्र निर्माणमा सहकारीको भूमिका के हुने र स्थानीय सरकारको भूमिका के हुने भन्ने विषयमा बृहत छलफल गरिएको थियो ।

प्यानल डिस्कसनमा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेती र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पोखरलेको कार्यपत्रमाथि टिप्पणी थिए ।

तीनैजना जनप्रतिनिधिले आफूले प्रतिनिधित्व गरेको स्थानीय तहमा सहकारीको अवस्था र भइरहेको व्यवस्थाका बारेमा कुरा पनि राखेका थिए । प्यानल डिस्कसनको संयोजन महासंघका उपमहाप्रबन्धक बाबुल खनालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *