Sajhamanch Archive

सरकार असफल हुनुमा कर्मचारी दोषी : दाहाल

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीकै कारण सरकारले जनता सामु गरेका बाचा पुरा गर्न नसकेको बताएका छन् ।

प्रेस सेन्टर र प्रेस चौतारी गण्डकी प्रदेशले पोखरामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले राजनीतिक परिवर्तनका लागि दलहरु सफल भए पनि कर्मचारी संयन्त्रका कारण सरकार असफल भएको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले अन्तर्राष्ट्रिय जगतमा राजनीतिक परिवर्तनपछि पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाइने र नयाँ प्रणालीलाई आत्मसात गर्ने कर्मचारी ल्याउने परम्परा रहेको बताए । ब्यूरोक्रेसीले राजनीतिक नेतृत्वलाई बिस्तारै आफूतर्फ लैजाँदा दलहरु असफल हुने गरेको उनले बताए ।

सरकारकै इशारामा चल्ने किसिमको कर्मचारी संयन्त्र बनाउन आफूहरुले छलफल गरिरहेको संकेत गर्दै उनले कर्मचारीहरु सिंहदरबारबाट प्रदेश र गाउँपालिकामा जान नमान्ने नियति छिट्टै अन्त्य हुने बताए ।

प्रदेश सरकारलाई प्रभावकारी नबनाउने हो भने परिवर्तन असफल हुने र सबै उपलब्धी चेतावनीसमेत उनले दिए । उनले भने, ‘प्रदेश सरकार असफल हुनु भनेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत सबै परिवर्तनहरु असफल हुनु हो ।’

अध्यक्ष दाहालले ओली सरकार अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, राष्ट्रियता, ऐतिहासिक र रणनीतिक रुपमा सफल भएको बताए । जनताले देख्ने गरि विकासको काम हुने ठोकुवा गर्दै उनले सरकारले गियर बदलेर जनताका चाहना पुरा गर्ने बताए ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *