Sajhamanch Archive

शंखधर साख्वाः न्याय र समानताका अभियान्ता : प्रमओली

Published: in समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक, राष्ट्रिय विभूति शंखधर साख्वाः न्याय र समानताका अभियन्ता भएको भनेका छन् ।

नेपाल संवतको नयाँवर्ष ११३९ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले साख्वाः कै योगदानका कारण नेपालको मौलिक सम्वत नेपाल सम्वत प्रचलनमा आएको भन्दै साख्वाःको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको शुभकामनामा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल सम्वतको सुरुवातको घटना नै प्रेरणादायी भएको सन्दर्भ उल्लेख गर्दै भनेका छन् ‘शंखधर साख्वाःले ११३८ वर्ष अघि ऋणमा बाँधिएका गरिव किसानहरुलाई आफ्नै सम्पती खर्च गरेर ऋणबाट मुक्त गराउनु भएको थियो । त्यही बेलादेखि सुरु भएको नेपाल सम्वतले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउदै आएको छ ।’

“नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुण्य राख्नसमेत यो सम्वतले हामीलाई झक्झक्याउँदै आएको छ” प्रधानमन्त्रीको शुभकामनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *