तेस्रो खुल्ला फुटबल प्रतियोगिताको उपाधि बिहारटोला भारतको पोल्टामा
Published: (Updated: )
by .विर्तामोड । कुर्माली सेवा समाजद्वारा आयोजित तेस्रो खुल्ला फुटबल प्रतियोगिताको उपाधि बिहारटोला भारतले जितेको छ ।
बिर्तामोड ३ स्थित धौंला पुल नजिकको मैदानमा भएको प्रतियोगितामा महेशपुर झापालाई टाईबे्रकरमा ८—७ गोलको अन्तरले हराउँदै बिहारटोला भारतले उपाधिसंगै १५ हजार मूल्यको खसी जितेको हो ।
उपबिजेता महेशपुरले १० हजार मूल्यको खसी हात पारेको छ ।
प्रतियोगितामा हल्दिबारी ३ कण्टारघुटुको ए र बी टीम, ,बिर्तामोड २ कच्चुबारी,धापोडाँगी चुरली भारत, भारत बिहारटोलाको ए र बी टीम,बिर्तामोड ३,महेशपुर,हल्दिबारी ३ जलथल बाहृनम्बर र गलगलियागछ भारत गरी १० टीमको सहभागिता रहेको थियो ।
बिजेता तथा उपबिजेता टीम र खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका पूर्वान्चल संयोजक जलकुमार गुरुङ र बिशेष अतिथि बिर्तामोड नगरपालिका ३ का वडाध्यक्ष भोजराज सिटौलाले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
प्रतियोगितामा झापामा अल्पसंख्यकका रुपमा रहेका कुर्मी जातिको संख्या करिब २ हजार रहेको छ । शुभदीपावली पर्वको अबसर पारेर कुर्मी जाति बीच आपसी भाइचारा बढाउन सो एकदिवसीय प्रतियोगिता आयोजना गरिएको खेल संयोजक सुवाष महतोले बताए ।
बिहान ९ बजेदेखि प्रतियोगता शुरु गरी दिनभरि ८ वटा खेल खेलाईएको अम्पायर बिबेक मानन्धरले बताए । नेपाल र भारतका कुर्मी खेलाडीहरुबीच यस अघि दुई पटक फुटबल प्रतियोगिता सम्पन्न गरिएको खेल संयोजक महतोले जानकारी दिए ।
Comments