क्रिकेटमा पराजित भएको आक्रोशमा विजेता टोलीमाथि आक्रमण खेलाडी घाइते
Published: (Updated: )
by .आक्रमणमा परि विजेत टिमका सातजना घाइते भएका छन् । घाइते हुनेहरुमा धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरका जनकल्याण युवा क्लबका खेलाडी २९ वर्षका चन्दन महतो, वर्ष २० का जयप्रकाश महतो, वर्ष २४ का राजेश महतो, वर्ष १८ का श्रवण महतो र संजिव महतो छन् ।
यस्तै आक्रमण रोक्न खोज्दा विजेता क्लब तर्फबाट खेल हेर्न गएका स्थानीय ४५ वर्षका विजय महतो गम्भीर घाइते भएका छन् । उनीहरुको लालगढको मोडेल हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
दिपावली तथा छठपर्वको अवसरमा बर्दिबास नगरपालिका ७ का गणेश मगरले धनुषाको मिथिला नगरपालिका ९ बेंगाडारबरको खेल मैदानमा आयोजना गरेको क्रिकेट प्रतियोगिताको आइतबार दिउँसो अन्तिम खेल भएको थियो । जसमा महोत्तरीको रातौली युवा क्लब र धनुषाको जनकल्याण युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो । जनकल्याण युवा क्लब जित हात परेको थियो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार अन्तिम खेलपछि साँझ परिसकेको र विजेता टिमले विजय जुलुस निकालेपश्चात आयोजक स्थानीय र रातौली युवा क्लबका खेलाडीहरुले एक्कासी विजेता टिममाथि आक्रमण गरेका थिए ।
पराजित भएको रतौली युवा क्लबका केही खेलाडी र आयोजक स्थानीयसहित झण्डै २० जनाभन्दा बढीले ब्याट, वियरको बोतल र हातको मुक्का र लातले विजेता टिममाथि आक्रमण गरेको घाइते भई उपचाररत राजेश महतोले बताउनुभयो ।
आक्रमण गर्नेहरुमा स्थानीय गणेश लामा, सुमन चौधरी, विशाल लामा, वीरेन्द्र साह, दिनेश महतो, अनवर मुस्लिमलगायत अन्य केही स्थानीय र पराजित रतौली युवा क्लबका खेलाडीहरु रहेको समेत घाइते राजेशले बताउनुभयो ।
यता इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले पराजित भएको आक्रोशमा विजेता टिममाथि आक्रमण भएको र घटनापश्चात कुटपिटमा संलग्नहरु फरार रहेकाले तिनीहरुको खोजी कार्य जारी रहेको बताउनुभयो ।
उज्यालो
Comments