Sajhamanch Archive

स्थानीय तह सञ्चालन संयन्त्र विघटन गर्ने ने क पाको निर्णय

Published: in राजनीति by .

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) झापा जिल्ला एकता संयोजन कार्यदलको बैठकले स्थानीय तहमा अहिलेसम्म अस्तित्वमा रहेका स्थानीय तह सञ्चालन संयन्त्र विघटन गर्ने निर्णय गरेको छ ।

पार्टी एकता कार्यदलको सोमबार बिर्तामोडमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रेस विज्ञप्ती जारी गरेर जनाइएको हो ।

कार्यदलका सदस्यहरु नरेश खरेल, रविन कोइराला, देबेन्द्र दाहाल, झलकसिंह दर्लामी, राजु आचार्य, चिन्तन पाठक, मणिकुमार साङपाङ र खड्ग कन्दङ्वा सहभागी बैठकले जिल्ला कार्यदलले तोकेको समयमा स्थानीय तह सहजीकरण संयन्त्रबाट सबै स्थानीय तहको सिफारिस पत्र प्राप्त नभएकाले मङ्सिर ३ गतेभित्र अनिवार्य पठाउन निर्देशन दिने पनि निर्णय गरेको छ ।

बैठकले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि बजेट बिनियोजन गर्दा स्थानीय तह सहजीकरण संयन्त्रका सदस्यहरु, अगुवा कार्यकर्ता र जनप्रतिनिधिसँग अनिवार्यरुपमा छलफल र परामर्श गर्न पनि निर्देशन दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *