Sajhamanch Archive

महानगरको समृद्धिका लागि बाटोमा घिस्रिँदै विराटनगरका मेयर !

Published: (Updated: ) in समाज by .

विराटनगर । विराटनगरको समृद्धि र विकासका लागि भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ‘दण्ड प्रणाम’ नामको कठोर व्रत लिएका छन् । आफ्नो कार्यकालमा समुन्नत विराटनगर बनाउने परिकल्पना बोकेर उनले यो व्रत लिएका हुन् ।

मेयर भएपछि दोस्रो पटक दण्ड प्रणाम गर्दै खोलासम्म पुगेर छठी माताको व्रत लिन पुगेका पराजुलीले यो पटक आफ्नो लागि नभएर विराटनगरको समृद्धि र विकासका लागि व्रत लिएको बताए । पराजुलीले दण्ड प्रणाम गर्दै खोला पुगेको योसहित १५ औं पल्ट हो । पराजुलीको दण्ड प्रणाम करिब ४ किलोमिटर लामो छ । यो विधिबाट व्रत बस्दा जमिनमा शरीर पूरै सुताएर हातले चिनो लगाउँदै खोलासम्मको यात्रा तय गर्नुपर्छ ।

छठी माताको व्रत विभिन्न किसिमले लिन सकिन्छ । त्यसमा पनि सबैभन्दा कठोर व्रत दण्ड प्रणाम गर्दै खोलासम्म पुग्नु हो । मेयर पराजुलीले आफ्नो घरअगाडिको पञ्चाङ्ग मन्दिरबाट आज दिउँसो साढे १२ बजे यो यात्रा सुरु गरेका थिए । यो विधिबाट सिंघिया खोला पुग्न उनलाई करिब ४ घन्टा लाग्छ । उनलाई सहयोग गर्न भतिज प्रमिष पराजुली पनि सँगै गएका छन् ।

दण्ड प्रणाम गरेर खोलासम्म पुग्न अत्यन्तै कठिन भएपनि आफूलाई भगवान साक्षात्कार हुने अनुभवले यो विधि गर्न सहज भएको उनले बताए । कांग्रेसका महामन्त्री डा. शशांक कोइराला बिरामी हुँदा पनि उनले कोइरालाको स्वास्थ्य लाभको कामना गर्दै व्रत बसेका थिए । “यो पटकको व्रत विराटनगरको समृद्धि र विकासका लागि हो,” उनले भने ।

उनले महानगरबाट प्राप्त हुने तलब तथा भत्ता उनले सामुदायिक  विद्यालयलाई वितरण गर्ने गरेका छन् ।

  •  बाह्रखरी

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *