Sajhamanch Archive

दुई घटनामा दुईको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

दमक । दमकमा हिजो र आज भएका भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान कारको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो भने पानीको नालीमा डुबेर हिजो अर्की एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले दिएको जानकारी अनुसार दमक नगरपालिका वडा नम्बर ४ को पूर्वपश्चिम राजमार्गमा बिहान भएको दूर्घटनामा ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको हो ।

खोटाङ जिल्लाको साकेला गाँउपालिका वडा नम्बर ४ स्थायी घर भएकी खड्का दमक ९ मा बस्दै आएको जनाइएको छ । बाटो काट्ने क्रममा बा १७ च ८१७२ नम्बरको कारले खड्कालाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट घाइते भएकी खड्काको लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

त्यस्तै पानीको नालीमा डुबेर दमक ५ मा डेरा गरी बस्ने शनि साहाकी ४ वर्षीया छोरी शञ्चला साहाको मृत्यु भएको छ । सोमबार दिउँसो कामाक्ष होटल मार्गको सडक नालीमा डुबेर बालिकाको मृत्यु भएको हो ।

घर नजिकै खेलिरहेकी बालिका पानीको नालीमा डुबिरहेको अवस्थामा आफन्तले फेला पारेका थिए । तत्काल उपचारको लागि लाइफलाइन अस्पताल लगिएकोमा उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुब्बाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *