Sajhamanch Archive

इजरायलका रक्षामन्त्री अभिग्डोर लिबरमेनद्वारा राजीनामा

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । इजरायलका रक्षामन्त्री अभिग्डोर लिबरमेनले पदबाट राजीनामा दिएका छन् ।

इजरायलले प्यालेस्टिनी हमाससँग युद्धविरामको घोषणा गरेपछि रुष्ट बनेका रक्षामन्त्री लिबरमेनले राजीनामा दिएका हुन् ।

हमासविरुद्धको २ दिने भौतिक कारबाहीको अन्त्य गर्दै इजरालको मन्त्रिपरिषद्ले युद्धविरामको निर्णय गरेको थियो ।

त्यसलगत्तै लिबरमेनले हमाससँग युद्धविराम गर्नु आतंकका अगाडी घुँडा टेक्नु सरह भएको भन्दै राजीनामा दिएका हुन् ।

हमाससँग दीर्घकालीन सम्झौताको प्रयासको उनले आलोचनासमेत गरेका छन् ।

गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजिप्ट सरकार मध्यस्तकर्ता रहेको युद्धविराम स्वीकार्य भएको र इजरायल पनि सहमत भए युद्धविराम मञ्जुर भएको बताएपछि इजरायलले युद्धविरामको घोषणा गरेको थियो ।

यसअघि दुई दिनसम्म हमासले इजरायली सैनिक लक्षित रकेट प्रहार गरेको भन्दै गाजामा इजरायलले कारबाही तीब्र पारेको थियो ।

कारबाहीका क्रममा ८ जनाको मृत्यु भएको थियो । युद्धविराम लागू भएसँगै तनावग्रस्त गाजा क्षेत्रमा रकेट प्रहारका घटना रोकिएकाले व्यापार, व्यवसाय र विद्यालय खुलेका छन् ।

यसैबीच, सीमा क्षेत्रका दर्जनौं इजरायली समुदायले सरकारले प्यालेस्टिनी रकेट आक्रमणविरुद्ध उचित कदम नचालेको भन्दै सडक अवरुद्ध पारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *